Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २२ आइतबार १९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौद्रिक नीतिबाट निजी क्षेत्र निराश हुनुपर्दैन : डेपुटी गभर्नर मिश्र

Read Time : < 1 मिनेट
२०७९ श्रावण २२ आइतबार १९:२१:००

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिलाई लिएर उद्योगी व्यवसायी तथा बैंकर्सहरू निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । उनले उद्योगी, व्यवसायी र बैंकर्सहरूलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रहसमेत गरे । मिश्रले राष्ट्र बैंकले सबै क्षेत्रबाट आएका सुझाबको आधारमा मौद्रिक नीति ल्याएको बताए । 

‘मौद्रिक नीति आएपछि उद्योगी तथा बैंकर्सहरू निराश भएको भन्दै उनले भने, ‘यस्तो निराश हुनुपर्ने स्थिति छैन । एउटा मान्छे अस्पतालको ओपिडीमा बिरामी भएर गयो भन्दैमा सीधै आइसियूमा हाल्ने काम नगरौँ । यो कुरा अनुरोध गर्न चाहन्छु ।’ मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको शतप्रतिशत समाधान गर्ने ‘सञ्जीवनी बुटी’ नभएको उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको दाबी गरे । मौद्रिक नीतिमा ८ प्रतिशतको ‘ग्रोथ रेट’ र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको अध्यक्ष गोल्छाको भनाइ थियो । उनले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने धारणा राखे ।