१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १५:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १० अंकले वृद्धि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १५:५७:००

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेर दुई हजार एक सय २३.८३ बिन्दुमा पुगेको छ। दुई सय १९ कम्पनीका ६१ लाख ६ हजार पाँच सय २१ कित्ता सेयर दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

आज नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा जीवन बिमा उपसमूहको सेयर मूल्य ०.५ प्रतिशतले घटेको छ भने होटेल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस ऊर्जाको सेयरमूल्य ६.११ प्रतिशतले बढेको छ। तर, नयाँ सारथी लघुवित्तको सेयरमूल्य भने सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ। आज ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ३.३८ प्रतिशतले घटेको छ।

आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।