१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार ११:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता नाफा सुुरक्षित गर्ने होडमा लाग्दा बजारमा उतारचढाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार ११:२६:००

नेप्से परिसूूचक शुक्रबार ३४ दशमलव ६१ अंकले घटेर दुुई हजार एक सय १३ दशमलव ५५ बिन्दुुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ८० अंकले घटेर चार सय ६ दशमलव ४५ बिन्दुुमा आइपुुगेको छ । 

सेयर बजारमा चार दिन निरन्तर करेक्सन आइरहेको छ । लगानीकर्ता नाफा सुुरक्षित राख्ने होडमा लाग्दा बजारमा उतारचढाव आइरहेको हो । नेप्से सूूचक अहिले दुई हजार एक सय अंकको मनोवैज्ञानिक बिन्दुुमा रहेको छ । यस हप्ताभरि बजारले दुई हजार दुई सयको टेवा परीक्षण गर्न खोजिरहे पनि दुई हजार एक सय अंकमै स्थिर रहेको छ ।

शुक्रबार भएको दुुई घन्टाको कारोबारमा दुुई अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय १३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

सर्वाधिक कारोबार शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी र अरुण काबेली पावर कम्पनीको पाँच करोड रुपैयाँदेखि १५ करोड ६६ लाख रुपैयाँको भएको छ । घटेको बजारमा मैलुुङ खोला जलविद्युुत् परियोजना, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, सामलिङ पावर कम्पनी र इमर्जिङ नेपाल पाँच दशमलव ४४ देखि सात दशमलव १८ प्रतिशतले घटेको छ ।

यस दिन लगानीकर्ताको आकर्षण जलविद्युुत् समूूहमा देखिएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आइएमई समुुन्नत स्किम, उपकार लघुवित्त वित्तीय संस्था, कालिका लघुुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीको दुुई करोड रुपैयाँदेखि पाँच दशमलव ९१ प्रतिशतले बढेको छ ।