मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २० शुक्रबार १२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको छालासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार १२:००:००

कैलालीमा प्रहरीले बाघको छालासहित चारजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका– २, तेघरीबाट बाघको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

बुडरबाट धनगढीतिर आइरहेको सु.प.प्र.०४–००१च००६ नम्बरको बोलेरो जिप रोक्न रोज्दा नरोकेपछि शंका लागेर पिछा गर्दा जिपबाट बाघको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । जिपचालक डोटीको जोरायल गाउँपालिका– २ का समीर ओली र त्यसमा सवार कैलालीको चुरे गाउँपालिका– १ का टेकबहादुर रावत र धीरेन्द्र रावत तथा बैतडीको डिलासैनी गाउँपालिका– २ का राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको फल्टुडेबाट बाघको छाला र हड्डी जिपमा राखिएको र बिक्री गर्ने उद्देश्यले अत्तरियातिर ल्याउन लागेको बुझिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । बाघको छाला चार फिट सात इन्चको रहेको प्रहरीले जनाएको छ । बाघको दुई केजी हड्डीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई बाघको छालासहित जिल्ला वन कार्यालय बुझाइँदै छ ।