मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमल खत्री म्याग्दी
२०७९ श्रावण १९ बिहीबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेनी–जोमसोम सडक ३ दिनपछि सुचारु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ श्रावण १९ बिहीबार १८:२९:००

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सुचारु भएको छ। गत सोमबारदेखि पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि तीन दिनपछि सञ्चालनमा आएको हो।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेपछि सञ्चालनमा आएको जनाइएको छ। 

सडक स्तरोन्नति भएसँगै सवारीसाधनहरू आवतजावत गर्न थालेको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार आज साँझदेखि सडक सुचारु भएपछि बीच बाटोमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।