मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०६:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले गर्‍यो बिजनेस एक्सेलेन्स कन्फ्रेन्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०६:०८:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा तीनदिवसीय बिजनेस एक्सेलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले ‘ए बाउन्स ब्याक इयर ७९/८०’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको जनाइएको छ । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए । सञ्चालक विमलप्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीले आमनागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए । 

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष ०७९/८० मा सेल्स रणनीतिबारे सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पिकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षणसमेत गराइएको थियो । 

सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकले सबै सहभागीलाई प्रमाणपत्र साथै आर्थिक वर्ष ०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।