मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषधसहित २२ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १५:४७:००

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । बुधवार ब्यूरोले पत्रकार सम्मेलन गरी वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२ लागु औषध कारोबारीहरुलाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् । कुल पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो हेराइन ४५९ ग्राम, लागु औषध डायलेक्श डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्रभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान फेला परेको हो । यी सबै लागुऔषधको कुल अवैध बजारमूल्य ५८ लाख १० हजार ८ सय रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागुऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्श डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हिरोइन कारोवार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको बताए। उनले अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानूनी कारबाही भइरहेको बताए ।

उनले पक्राउ परेका व्यक्तिहरु धेरैजसो २२ देखि ४५ वर्ष उमेरसमूहका युवाहरु रहेको उल्लेख गरे । उनले आजैमात्र पनि प्रहरी टोलीले सर्लाहीबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताए । 

 

@nayapatrika

तरकारीको बोरामा लुकाएर ल्याइएको लागुऔषधसहित २२ जना पक्राउ #saynotodrug #saynotodrugs❌????????????❌ #nayapatrika @Nepal police

♬ Purple Front - DJ BAI