गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २, ८ र ९ मा सप्तकोसी कटानपीडितको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले कटान तत्काल रोकिने अवस्था नदेखिएकाले प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।
सेनाले कटानपीडितलाई आवश्यक परे तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ ।
सप्तकोसीको कटानका कारण दुई हजार चार सय घरपरिवार विस्थापित हुने भएकाले उनीहरूलाई स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।