१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निरन्तरको वर्षाले भरतपुर– २९ को केराबारीस्थित मौरी खोला पुलमा पहिरो गएपछि राेकिएका सवारीसाधन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
२०७९ श्रावण १७ मंगलबार २२:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन यातायात

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार २२:००:००

राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग २३ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक मंगलबार दिनैभर अवरुद्ध रहयो ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ केराबारी मौरीखोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका– ६ को २ र ३ नम्बर पुलको बीच र भरतपुर– २९ सत्रकिलोमा पहिरो पन्छाएपछि मंगलबार रातिबाट सडक सञ्चालनमा आएको हो । 
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकसँगै पृथ्वी राजमार्ग पनि अवरुद्ध भएकाले सवारीसाधनहरू नारायणगढ, भरतपुर र गैंडाकोट क्षेत्रमा नै रोकिएका थिए । जसका कारण गन्तव्यमा हिँडेका यात्रु सडकमा अलपत्र परे । यात्रुहरू घण्टौँसम्म भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य भए । एम्बुलेन्ससहितका अतिआवश्यक सवारीसाधन पनि चल्न सकेनन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट पहिरो खस्न नरोकिएपछि यातायात खुलाउन ढिला भएको हो । ‘पहिरो पन्छाउँदा पन्छाउँदै फेरि खसेर पुरियो,’ उनले भने, ‘यो सडकखण्डमा पहिरो पन्छाउन चारवटा साधनको प्रयोग गरिएको थियो ।’
सवारीसाधन सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले ओभर ट्याक नगरी सजग भएर आफ्नो लेनमा सवारीसाधन चलाउन अनुरोध गरेको छ ।