भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भारत र माल्दिभ्सबीचको खेल जारी छ । धेरै नेपाली समर्थकले समेत यो खेल हेरिरहेका छन् ।
किनकि यो खेलमा माल्दिभ्सले भारतलाई हराए नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ । यही आशाका साथ नेपाली खेलाडी र सामर्थकको आँखा मैदानमा अडेको छ । त्यही मैदानभित्र दुई नेपाली कुदिरहेका छन् । तर, फरक भूमिकामा ।
अर्थात् भारत र माल्दिभ्सबीचको खेलका चारमध्ये नेपाली रेफ्री नेपाली छन् । मुख्य रेफ्रीको भूमिकामा प्रज्वल क्षेत्री छन् भने कन्हैया यादव सहायक रेफ्रीको रूपमा मैदानमा छन् ।
आजको पहिलो खेलमा नेपाली युवा टिमले समर्थकहरूलाई सुखी दिन नसके पनि मैदानमा व्यावसायिक रूपमा कुशलतापूर्वक खेल खेलाइरहेका प्रज्वल र कन्हैयाको भूमिकाले भने धेरै नेपाली फुटबल प्रेमीलाई आनन्द दिएको छ ।