१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण १७ मंगलबार २०:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरियामा एकैदिन १ लाख ११ हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार २०:०९:००

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यसैसँगै यहाँका कुल संक्रमितको संख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। 

अघिल्लो दिनको तुलनामा कोभिड संक्रमण धेरै बढेको पाइएको छ। अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका संक्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो। नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि, ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना सुरु भएबाट हालसम्म कुल मृतक संख्या २५ हजार ८४ पुगेको छ। कुल मृत्युदर ०.१३ प्रतिशत रहेको छ।