मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार १८:२८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : बराबरीमै रोकियो नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार १८:२८:००

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत तनावपूर्ण खेलमा नेपाल बंगलादेशसँग बराबरीमै रोकिएको छ । फाइनल प्रवेशका लागि निकै महत्वपूर्ण मानिएको खेलमा नेपाल १–१ को बराबरीमै रोकिएको हो । 
प्रतिस्पर्धात्मक खेलमा नेपालले ५३औँ मिनेटमा गोल खाएको थियो । डिफेन्स लाइनअपमा अलमल हुँदा प्राप्त अवसरलाई बंगलादेशी खेलाडीले सदुपयोग गर्दै बललाई जाली चुमाए । नेपालले ६८औँ मिनेटमा गोल फर्कायो । नेपालका लागि निरञ्जन मल्लले गोल फर्काए । तर, त्यसपछि गोल हुन सकेन । 
प्रतियोगिताको पहिलाे र दाेस्राे खेलमा सानदार प्रदर्शन गरेकाे नेपाल तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएपछि लयमा फर्कन सकेन । 
दुवैतिर रेडकार्ड

दोस्रो हाफ सुरु भएको एक मिनेटमै खेल तनावपूर्ण बनेको थियो । बंगलादेशी खेलाडीले नेपाली खेलाडीलाई खतरनाक ट्याकल गरेपछि रेफ्रीले फाउल दिएका थिए । तर, बंगलादेशी खेलाडीले प्रतिवाद गरे । त्यतिकैमा नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले धक्का दिएपछि दुवैतर्फका खेलाडी आक्रोशित हुँदै हात हालाहालको अवस्थामा पुगे । स्थितिलाई शान्त बनाउन रेफ्रीहरूलाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा नेपाल र बंगलादेशका एक–एक खेलाडीले रातोकार्ड पाए । नेपाली मिडफिल्डर दीपेश गुरुङ र नेपाली खेलाडीलाई मुक्का हानेका बंगलादेशी ८ नम्बर जर्सीका खेलाडी साहिदुल इस्लामले रातोकार्ड पाउँदै बाहिरिनुपर्याे । 
बेञ्चमा रहे पनि तनावका वेला मैदान प्रवेश गरेका नेपालका २० नम्बर जर्सीका अर्का एक खेलाडीले पनि रातो कार्ड पाए ।