१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आरक्षण सिट लागू नगर्ने यात्रुबाहक बसलाई कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार १८:०६:००

आरक्षण सिट लागू नगर्ने यात्रुबाहक सार्वजनिक बसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। उपत्यकाको विभिन्न स्थानहरूमा गरेको विशेष अभियानअन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले आरक्षण सिट लागू नगर्ने १९ वटा सार्वजनिक बसलाई कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा उपत्यकाबाहिर चल्ने ४ वटा यात्रुबाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुबाहक बस र १ वटा माइक्रोबस छन्। ‍उक्त चेकजाँच अभियानलाई निरन्तर  सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।