मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासकमा एनआइसी एसिया क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:११:००

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्य रहेको १० लाख कित्ता ऋणपत्र बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको हो । 

एक अर्ब रुपैयाँको १० वर्षे ऋणपत्र निष्कासनका लागि एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको बैंकले जनाएको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नका लागि बैंक र क्यापिटलबीच सम्झौता भएको जनाइएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

उक्त ऋणपत्रमध्ये ६० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारण नेपालीहरूमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने 
जनाइएको छ । बैंकले हाल प्रदेश नं १ मा पाँच, मधेस प्रदेशमामा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल एक सय तीन शाखाबाट सेवा दिइरहेको जनाएको छ ।