मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण १६ सोमबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

Read Time : < 1 मिनेट
२०७९ श्रावण १६ सोमबार १७:५१:००

उदयपुरमा सोमबार बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका–४ मरुवास्थित सिद्दिचरण राजमार्गमा सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा ३ ख २९५६ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी सामान्य घाइते भएकाहरूको कटारी अस्पतालमा र गम्भीर घाइत हुनेहरूलाई विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए । ३६ जना यात्रु सवार बस ब्रेक फेल भएर दुर्घटनमा परेको प्रहरीले जनाएको छ ।