मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १९:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १९:२०:००

संसदीय विशेष छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि पुनः अर्थ मन्त्रालयको जिम्मेवारी पाएका जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै शर्माले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए। 

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोपपछि पदबाट राजीनामा दिएका शर्मा २५ दिनपछि आइतबारदेखि पुनः अर्थमन्त्रीको पदभार सम्हालेका हुन् ।