नेपालमा कोरोना भइरसको सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार दुई हजार ६५१ जनाको पिसिआर परीक्षणमा चार सय ९६ तथा तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २४ जना संक्रमित पाइएका हुन् ।
पछिल्लो २४ घण्टामा दुई सय ९७ जना संक्रमणमुक्त भएका छन् । पाँचजना गम्भीर संक्रमित छन् । उनीहरूकोे भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।