१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १४ शनिबार १६:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा ! रारा गोल्ड कपको २०औँ संस्करण घाटामा गएको आयोजकको भनाइ  

Read Time : < 1 मिनेट
२०७९ श्रावण १४ शनिबार १६:४६:००

गत माघमा सम्पन्न २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता नोक्सानमा गएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गर्दै प्रतियोगितामा जम्मा तीन लाख ४७ हजार आठ सय १८ रुपैयाँ नोक्सान भएको जनाएको हो । 

६ देखि १५ माघ ०७८ मा भएको प्रतियोगिता सञ्चालनका लागि ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ आम्दनी र ६९ लाख ८९ हजार रुपैया खर्च भएको आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालनको कुल नोक्सानी १२ लाख ६२ हजार आठ सय २६ रुपैयाँ ६२ पैसा रहकोेमा विषम परिस्थितिलाई मध्यनजर गर्दै क्लबका शाखा संस्थाहरूलाई सहयोगका लागि विशेष अनुरोध गरिएकोमा सहारा क्लब युकेले तीन लाख, हङकङले पाँच लाख एक हजार र अस्ट्रेलियाले एक लाख थप सहयोग गरेकाले नोक्सानी कम भएको अध्यक्ष गुरुङले बताए । 

अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले कोरोनाका कारण यसपटकको प्रतियोगितामा नोक्सानी व्यहोर्नुपरेको बताए । कोरोना संक्रमणलाई ध्यान दिँदै क्वार्टरफाइनलसम्मका खेलहरू विनादर्शक अर्थात् टिकट बिक्री नगरी खेलाइएको र प्रायोजकहरूबाट समेत आशा गरेअनुसार सहयोग संकलन हुन नसकेकाले आम्दानीमा कमी आएको उनको भनाइ थियो । 
‘खेलकुदको विकासमा सहकार्य गराैँ, पोखरालाई खेलकुद सहरको रूपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको थियो भने मनाङ मस्याङदी क्लब उपविजेता बनेको थियो ।