मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १३ शुक्रबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मल्टी ब्रान्ड सपिङ स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७९ श्रावण १३ शुक्रबार ०६:०५:००

नेपालकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड सपिङ स्टोर बिग डिजिटल सञ्चालनमा आएको छ । नायिका तथा यस स्टोरकी ब्रान्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा स्टोरको उद्घाटन गरेकी हुन् ।

 उद्घाटनपछि खड्काले बिग डिजिटलले उच्च कोटीका उत्पादनहरू ग्राहकलाई पस्किँदै निरन्तर प्रगतिका शिखरहरू आरोहण गर्दै जाओस् भन्ने शुभकामना दिएकी थिइन् । बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्रान्डहरू सहज र सरल  ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने ध्येयले स्टोरको स्थापना गरिएको बताए । उनले भने, ‘नेपाली ग्राहकको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ ।’

यस सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादनलगायतका उत्पादनहरू उपलब्ध रहेको जनाइएको छ । ग्राहकले सामान खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारहरू तथा शतप्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने स्टोरले जनाएको छ । त्यहाँ खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने जनाइएको छ । बिग डिजिटलले काठमाडौं उपत्यकामा चारवटा नयाँ ठाउँहरूमा आफ्ना स्टोरहरू विस्तार गर्ने अल्पकालीन योजना रहेको जनाएको छ । दीर्घकालीन योजनामा देशका सातवटै प्रदेशमा नयाँ स्टोरहरूको स्थापना गर्नु रहेको जनाइएको छ ।