मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीका ४८ केन्द्रीय प्रशिक्षक प्रशिक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार ०९:०७:००

एकीकृत समाजवादीका ४८ केन्द्रीय प्रशिक्षक प्रशिक्षित भएका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको प्रशिक्षण केन्द्रमा पार्टी स्कुल विभागले केन्द्रीय प्रशिक्षकलाई एकहप्ते आवासीय प्रशिक्षण दिएको हो ।

पूर्वप्रधानमन्त्री, सांसद, पूर्वराजदूत, प्राध्यापक, डाक्टर, अर्थराजनीतिक विश्लेषकहरूले प्रशिक्षण दिएका हुन् । समूहगत छलफल, पुँजीवाद, सहकारी आन्दोलन र अन्य समसामयिक विषयमा डकुमेन्ट्रीको अध्ययन विश्लेषणसमेत भएको नेता हस्तबहादुर शाहीले जानकारी दिए । 

कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनको विगत र वर्तमान परिस्थितिबारे प्रशिक्षण दिएका थिए । सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा जनवादी क्रान्ति, अबको बाटो र कम्युनिस्ट अन्तर्राष्ट्रियवादबारे प्रशिक्षण दिएका थिए । स्कुल विभाग प्रमुख तथा पूर्वराजदूत प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद, आन्दोलन पुनर्गठनको औचित्य र विकासको अर्थराजनीतिबारे प्रशिक्षण दिएका थिए । 

महासचिव डा. बेदुराम भुसालले कस्तो पार्टी ? कस्तो कार्यकर्ता ?, उपमहासचिवहरू जगन्नाथ खतिवडाले बीसौँ शताब्दीमा साम्राज्यवादविरोधी संघर्षका आयामहरू, प्रकाश ज्वालाले कम्युनिस्ट पार्टीको घोषणापत्र र यसको सामयिकता, डा. गंगालाल तुलाधरले जीवनमा हाम्रो कार्यशैली, डा. विजय पौडेलले माक्र्सवादी अर्थशास्त्र र पुँजीवादी सञ्चयबारे प्रशिक्षण दिएका थिए । विज्ञको रूपमा डा. खगेन्द्र प्रसाईंले समकालीन विश्व व्यवस्था र पुँजीवाद, प्रा.डा. युवराज संग्रौलाले लोकतन्त्र, पुँजीवाद र समाजवादबारे प्रशिक्षण दिएका छन् ।