१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १३ शुक्रबार ०६:५९:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

पूर्वसचिव ढुंगेलको  ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ आउँदै

Read Time : < 1 मिनेट
२०७९ श्रावण १३ शुक्रबार ०६:५९:००

 पूर्वजलस्रोत तथा सिँचाइ सचिव द्वारिकानाथ ढुंगेलले नेपालको जलस्रोत चक्रव्यूहमा फसेको निष्कर्ष निकाल्दै ‘चत्रव्यूहमा नेपाली जलस्रोत’ पुस्तक प्रकाशन गर्ने भएका छन् । उनले यो पुस्तक १६ साउनमा सार्वजनिक गर्न लागेका छन् । लेखक ढुंगेलको नितान्त व्यक्तिगत अनुभवका आधारमा तयार भएको पुस्तकको प्रकाशन सिमल बुक पब्लिकेसनले गरेको छ । ढुंगेल ०५२ कात्तिकदेखि ०५५ वैशाखसम्म जलस्रोत तथा सिँचाइ सचिवको जिम्मेवारीमा थिए ।

यसबीच उनले महाकाली सन्धिको प्रारम्भिक मस्यौदा तयार गर्नेदेखि अन्तिम रूप दिनेसम्म काम गरेका थिए । साथै, उनले विद्युत् व्यापार सम्झौता (पिटिए)का सम्बन्धमा भारतसँग वार्ता गरी हस्ताक्षर गर्ने मौका पाएका थिए । यस्तै, पश्चिम सेती जलविद्युत् आयोजना सम्बन्धमा अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)लाई दिइएको अनुमतिपत्रका कारणबाट सिर्जित परिस्थितिसँग पनि उनी जुध्नुपर्‍यो । उक्त कम्पनीसँग आयोजना सम्झौता गर्नेलगायत विषयमा मानसिक यातनासमेत उनले सहनुपरेको उल्लेख छ ।