१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार १९:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यो देशमा सुशासन छैन : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार १९:५३:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताए । 

‘अहिले हामी अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ । राज्यलाई कसरी जोगाउने भन्ने बारेमा सबैभन्दा पहिला सोचौँ । राष्ट्र रहे मात्र हामी अघि बढ्ने हो । यसैगरी, घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ,’ उनले भने, ‘श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मूल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशासन छँदै छैन भने पनि हुन्छ ।’

नेता कोइरालाले जनतासँग जोडिन कन्जुस्याइँ गर्दा जनताले राजनीतिको फाइदा लिन नसकेको बताए । अहिलेका राजनीतिकर्मीहरू जनताबाट धेरै टाढा भइसकेको उनको भनाइ थियो । अहिले देशको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताउँदै उनले सरकारको काम गर्ने शैली सही नभएको भन्दै आलोचनासमेत गरे ।