१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार ११:५१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रामजीको लेखन तथा निर्देशित सर्ट फिल्म ‘आराध्या’को  टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार ११:५१:००

सर्ट फिल्म आराध्याको टिजर सार्वजनिक भएको छ । छिट्टै प्रदर्शनको क्रममा रहेको उक्त फिल्मको  टिजरमा एउटा अति व्यस्त परिवारमा जन्मिएको बच्चाको मनोभाव र उक्त परिवारको तस्बिरलाई चित्रण गर्न खोजिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा बनेको उक्त सर्ट फिल्ममा आमिर गौतम, सुरविना कार्की, द्रोष्टि शाह, सफु बुढाथोकी, सृष्टि भुसाल, प्रञ्जल पौडेल, नारायण कँडेललगायतका कलाकारको अभिनय छ ।

कथा एउटा मात्रै परिवारको मात्र नभई सामूहिक परिवारको कथा भएको टिजरमार्फत अनुमान लगाउन सकिन्छ । फिल्म सार्वजनिक भएपछि हरेक परिवारले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हलचेक्य्राइँ गरिएको रहेछ भन्ने थाहा हुने निर्देशक ज्ञवालीको दाबी छ । 

सञ्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारी निर्माता राजेशकुमार शाह हुन् । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म आराध्यामा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउन्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।