मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १२ बिहीबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकलाई हंगर हब रेस्टुरेन्टमा छुट

Read Time : < 1 मिनेट
२०७९ श्रावण १२ बिहीबार ०६:१०:००

प्रभु बैंक लिमिटेडका ग्राहकले हंगर हब रेस्टुरेन्ट एन्ड बारमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले रेस्टुरेन्टका विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा बैंकका डिजिटल सेल्स विभाग प्रमुख भेषराज धमला र हंगर हबका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हंगर हबद्वारा सञ्चालित रेस्टुरेन्टमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउने जनाइएको छ । सम्झौताअन्तर्गत सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।