Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव सप्तरी
२०७९ श्रावण १२ बिहीबार ०८:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कञ्चनरूप नगरपालिकाले २२ रुपैयाँ  पर्ने प्याडलाई ७० रुपैयाँ तिरेको आरोप

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ श्रावण १२ बिहीबार ०८:०४:००

निःशुल्क रूपमा वितरण गरिने सेनेटरी प्याडका लागि सप्तरीको कञ्चनरूप नगरपालिकाले चर्को मूल्य तिरेको पाइएको छ । नगरपालिकाको शिक्षा शाखाका अनुसार पालिकाले २२ लाखबराबरकोे सेनेटरी प्याड खरिदका लागि २८ वैशाखमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाबमोजिम खरिद ऐनको सम्पूर्ण प्रक्रिया पु¥याएर पालिकाले आधुनिक सप्लायर्स राजविराजसँग सेफ्टी कम्पनीको सेनेटरी प्याड खरिद गर्ने सम्झौता गरेको थियो । 

सम्झौताबमोजिम प्रतिप्याकेट ७० रुपैयाँका दरले ३१ हजार सात सय ६ प्याकेट प्याड खरिद गरिएको शिक्षा शाखाले जनाएको छ । जबकि, उक्त कम्पनीको प्याडको थोक मूल्य बजारमा प्रतिप्याकेट २१ देखि २२ रुपैयाँ पर्ने गरेको राजविराजस्थित सानु अम्ब्रेला फार्मेसीका सञ्चालक मुकेश यादवले बताए । ‘होलसेलमा २१ देखि २२ रुपैयाँमा पाइन्छ । मैले बढीमा ४० रुपैयाँ लिएर यो प्याड बेच्ने गरेको छु,’ उनले भने । 

सञ्चालक यादवका अनुसार राजविराज बजारमा सबैभन्दा धेरै चलेको विइसपर कम्पनीको प्याड ५८ रुपैयाँ ९९ पैसामा पाइन्छ । यसपछि चलेको प्याड स्टे फ्री कम्पनीको हो, उक्त प्याड पनि ४३ रुपैयाँ ६३ पैसामा पाइन्छ । 

 ‘खुलेआम लुट सुरु भएको छ’
कञ्चनरूप नगरपालिकामा गत निर्वाचनमा मेयरको उम्मेदवार रहेका दलित अगुवा भोला पासवानले २० देखि २२ रुपैयाँ पर्ने प्याडका लागि ७० रुपैयाँ तिरेर नगरपालिकाले लुट मच्चाएको बताए । उनले कम्पनीसँगको मिलेमतोमा जनप्रतिनिधि र कर्मचारीले यस्तो काम गरेको हुन सक्ने भन्दै यसबारे छानबिन हुनुपर्ने बताए । 
कञ्चनरूप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले कुनै चलखेल नभएको बताइन् । ‘सबै नियमअनुसार नै खरिद गरिएको हो,’ उनले भनिन्, ‘हामीले बोलपत्र आह्वान गरेका थियौँ । दररेटअनुसार नै सबै भएको छ ।’ 

कञ्चनरूप नगरपालिका मेयर ललनप्रसाद गुप्ताले यस विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने, ‘के भएको हो भनेर बुझ्दै छु । मैले प्रमुख प्रशासकीय अधिकृत रेणुका साहसँग सबै कागजात मगाएको छु ।’