मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुगु जिल्लाको रारा विमानस्थल । र, टर्मिनल टावर रहेको टहराे । तस्बिर : अच्युतराज भण्डारी
२०७९ श्रावण ११ बुधबार १३:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रारा विमानस्थलको व्यथा : १९ वर्षदेखि टहरोमा टर्मिनल टावर

स्थापनाको चार दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेन 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १३:२४:००

जिल्लाको एक मात्र रारा विमानस्थलमा रहेको टर्मिनल टावरको भवन १९ वर्षदेखि काठको टहरोमै सीमित छ । ०६० कात्तिक २ गतेदेखि कच्ची धावनमार्गमार्फत काठको टहरोबाटै जहाज उडान र अवतरण सुरु गरिएको करिब १९ वर्ष बितिसक्दासम्म अझै सुविधायुक्त टर्मिनल भवन बन्न सकेको छैन । धावनमार्गको माथिल्लो भागमा सल्लाको काठको फ्ल्याकले वरिपरि बारेर निर्माण गरिएको एकतले काठको टहरोभित्र उपकरण राखेर कर्मचारीले वर्षौँदेखि कामकाज गर्दै आएका छन् ।

उक्त टावरबाटै नेपालगन्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाज डाक्ने र उडाउने गर्दै आएको अहिले करिब १९ वर्ष पुगेको छ । सामान्य हावा लाग्दासमेत उक्त भवन हल्लिने गर्छ । टहरोमै बसेर कर्मचारीहरू वर्षौँदेखि काम गर्न बाध्य छन् । पर्यटकीय उदगमस्थल राराको नामले परिचित यस विमानस्थलमा लामो समयदेखि काठको टहरोमा बसेर जहाजको कनेक्सनमा जोडिनुपरेको रारा नागरिक उड्यनका प्रमुख सन्तोषकुमार गौतमले बताए । अब सुविधायुक्त टर्मिनल टावर निर्माण कार्य जारी रहेको र ठेकेदारको ढिलासुस्तीका कारणअझै काम सम्पन्न हुन समय लाग्ने उनको भनाइ छ ।   

काठको हल्लिने टहरोमा बसेर जहाजसित कनेक्सन गर्न कठिनाइ भएको प्रमुखको भनाइ छ । मुख्य संवेदनशील टर्मिनल टावरको भवन बन्न नसक्दा कर्मचारीले जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ । रारा विमानस्थलको धावनमार्ग मात्र  निर्माणकार्य सम्पन्न गर्न करिब ३३ वर्ष लागेको थियो भने अन्य भौतिक संरचना बन्न अझै ढिलाइ भइरहेको छ । 

टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले गत चालू आर्थिक वर्षमा आठ करोड ६० लाख बजेट विनियोजन गरी ओम बुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेका थियो । दुई वर्ष सकिएर ६ महिनाको लागि फेरि म्याद थप गरिएको छ । अब आउने दसैँसम्म सम्पूर्ण काम सम्पन्न गरी नागरीक उड्यन कार्यालयलाई बुझाइने सहायक ठेकेदार रवीन्द्र निरौलाले जनाए ।