१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ श्रावण ९ सोमबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदुवाभित्र लुकाएर ल्याएको २०८ केजी गाँजासहित चालक र मिनीट्रक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ श्रावण ९ सोमबार ११:२३:००

अदुवा लोड भएको मिनीट्रकभित्र लुकाएर भारततर्फ लैजान लागेको दुई सय आठ केजी गाँजा सुनसरी प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–  ४ बसचोकबाट को.१ख २९२६ नम्बरको अदुवा बोकेको मिनीट्रकमा लुकाएर ल्याएको सात बोरा (दुई  सय आठ केजी ) गाँजा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।   

प्रहरीले गाँजासहित  मिनीट्रक र त्यसका  चालक धनकुटा  सहिदभूमि– २ का  २१ वर्षीय तेज राईलाई पनि नियन्त्रणमा लिएको छ । चालक राईलाई  प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा सात दिनको म्याद थप गराएको सुनसरी प्रहरीले जनाएको छ । प्रदेश १ काे पहाडी जिल्ला धनकुटा, उदयपुरलगायतका जिल्लामा अवैध रूपमा उत्पादन भएको गाँजा लुकाइछिपाई भारततर्फ तस्करी हुने गरेको छ ।