१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ९ सोमबार ०६:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मीमा करिब ८० करोड बजेट फ्रिज

संघीय सरकारको २५ करोड र प्रदेशको ५४ करोड बजेट खर्च भएन, असारमा मात्रै ८१ करोड भुक्तानी

Read Time : > 1 मिनेट
२०७९ श्रावण ९ सोमबार ०६:१६:००

आर्थिक ०७८/०७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार संघीय बजेटअन्तर्गत चालूतर्फ १२ करोड २९ लाख र पुँजीगततर्फ १३ करोड ३३ लाख रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।

संघीय बजेट चालूतर्फ सात अर्ब ३३ करोड ९३ लाख रुपैयाँ विनियोजित भएको थियो । जसमध्ये सात अर्ब २० करोड ५९ लाख रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक छविन्द्र बेलवासेले जानकारी दिए । संघीय बजेटअन्तर्गत पुँजीगततर्फ एक अर्ब सात करोड ३५ लाख रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । चालू बजेटको ९८.१८ र पुँजीगतको ८८.५५ प्रतिशत खर्च भएको छ । संघका विभिन्न कार्यालयहरूले २५ करोड ६३ लाख रुपैयाँ खर्च गर्न नसकेका हुन् । 

त्यस्तै, प्रदेशका कार्यालयहरूले ५४ करोड ७० लाख रुपैयाँ खर्च गर्न नसकेर फिर्ता गरेका छन् । प्रदेश सरकारबाट विनियोजित चालूतर्फ १५ करोड २१ रुपैयाँ र पुँजीगततर्फ ३९ करोड ४८ लाख रुपैयाँ खर्च नभई फ्रिज भएको हो । गुल्मीमा प्रदेशअन्तर्गत चालू (साधरण) तर्फ ९२ करोड ७१ लाख बजेट विनियोजन भएको थियो । जसमा ७७ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल एक अर्ब ६८ करोड २८ लाख रुपैयाँ विनियोजित बजेटमध्ये एक अर्ब २८ करोड ८० रुपैयाँ खर्च भएको छ । प्रदेश बजेटमा चालूतर्फ ८३.५० र पुँजीगततर्फ ७६.५३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ । 

जिल्लाका तीन कार्यालयमा कर संकलनको प्रगति बढेको छ । जिल्लामा ८३ करोड २७ लाख ५१ हजार दुई सय ७८ रुपैयाँ राजस्व संकलन भएको छ । करदाता सेवा कार्यालय गुल्मीले ३२ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कलगायतका शीर्षकमा राजस्व संकलन गर्दै आएको करदाता सेवा कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरीले जानकारी दिइन् ।