मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सचेतकको प्रस्टाेक्ति : गठबन्धनका अन्य दल र कांग्रेसबीच दुरी बढेको छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १८:५१:००

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सत्तागठबन्धनका अन्य दल र नेपाली कांग्रेसबीचको दुरी नबढेको बताएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक विश्वकर्माले सत्तारुढ दलहरूको नेपाली कांग्रेससँग दुरी बढ्ने परिस्थिति नरहेको प्रस्टाेक्ति दिएका हुन् । 

पाँचदलीय गठबन्धनबाट परिणाम उपलब्धिमूलक भएको प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने दाबी गरे । ‘कांग्रेससँग दुरी बढेको भन्ने सवालमा त्यस्तो खालको परिस्थिति अहिले बनेको छैन । हामीले पनि गठबन्धन आवश्यक छ भन्यौँ । माओवादी केन्द्रले पनि गठबन्धन आवश्यक छ भन्यो,’ उनले भने, ‘विगतमा गरेको गठबन्धनबाट हामीलाई उपलब्धि प्राप्त भएको भनेर प्रतिवेदन पनि सन्तोषजनक आएको हुनाले यतातर्फ शंका गर्नुपर्ने, डराउनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था अहिलेको अवस्थामा छैन । सिट संख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पनि पैदा हुँदैन र गठबन्धन भत्किँदैन पनि ।’

उनले सत्तारुढ कम्युनिस्ट घटकहरूले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गरे ।