१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी बाजुरा
२०७९ श्रावण ८ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ श्रावण ८ आइतबार १२:३०:००

जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ। समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन्।  त्यसैगरी, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत स्थानीय निर्वाचनमा बुढीगंगा र बडिमालिका नगरपालिका तथा गौमूल र जगन्नाथ गाउँपालिका गरी चार स्थानीय तहको प्रमुख र उपप्रमुख एमालेले जितेको थियो। त्रिवेणी नगरपालका र स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख र उपप्रमुख नेपाली कांंग्रेसले जितेको थियो।