मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार, पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १७:४४:००

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ। कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई अन्तिम रूप दिन गठित प्राविधिक समितिले नयाँ स्वरूपमा गुरुयोजना तयार गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो।

चार चरण तोकिएको गुरुयोजनामा १५ वर्षको समयसीमा रहेको छ। पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधनाभूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ। धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको बताइएको छ। 

मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्। पशुपतिको गुरुयोजना तयार गर्न गठित प्राविधिक समितिका सदस्यहरूलाई उनले धन्यवाद ज्ञापन गरे।

सो समितिले पशुपति क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार भएका निकाय र स्थानीयवासीसँग छलफल गरेको थियो।