Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको कार टेस्ट ड्राइभ गर्दा विश्वकप फुटबल प्रत्यक्ष हेर्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:०७:००

विश्वकप फुटबल –२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ । कम्पनीले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कार टेस्ट–ड्राइभ गर्दा गोलाप्रथाद्वारा फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने योजना ल्याएको हो । 

साउन ३ गतेबाट सुरु भएको अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिस्टर गरी सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । योजनाको अन्त्यमा लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेताको छनोट गरिने जनाइएको छ । प्रत्येक विजेताले आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप प्रत्यक्ष हेर्न पाउने कम्पनीले उल्लेख गरेको छ । यसरी जम्मा चारजना हुन्डाईको स्पोन्सरसिपमा कतार जान पाउने कम्पनीले जनाएको छ । 

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ । अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनका लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको जनाइएको छ । साथै, फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि यो अफर ल्याएको कम्पनीले जनाएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरीका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको जनाएको छ ।