मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ४ बुधबार १९:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करार कर्मचारी निष्कासनविरुद्ध आन्दोलन : मेयरलाई कार्यकक्षमा रोकदेखि तालाबन्दीसम्म

Read Time : < 1 मिनेट
२०७९ श्रावण ४ बुधबार १९:५७:००

करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय सच्याउन माग गर्दै नेकपा (माओवादी केन्द्र) गोलबजार नगर समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। करारका कर्मचारीहरूको म्याद नथप्ने निर्णय २४ घण्टाभित्र सच्याउन मागसहित १ साउनमा दिएको ज्ञापनपत्रको उपेक्षा गरिएको आरोप लगाउँदै माओवादी केन्द्रले बुधबार गोलबजारमा पत्रकार सम्मेलनमार्फत चरणबद्ध आन्दोलन घोषणा गरेको हो। 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ज्ञापनपत्रको बेवास्ता गरी छलफल र वार्ताको ढोका एक पक्षीय ढंगले बन्द गरिएको औँल्याउँदै अन्यायपूर्ण निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाइएको छ। विज्ञप्तिअनुसार ५ साउनमा मेयरको कार्यकक्षअगाडि सिट्ठी फुकेर विरोध जनाउने, ६ गते मेयरको कार्यकक्षअगाडि कालो ब्यानरसहित धर्ना बस्ने, ८ गते मेयरलाई कार्यकक्षमा रोक लगाइनेछ।     

त्यस्तै, ११ साउनमा साँझ मसाल जुलुस र पुतला दहन, १२ साउनको बिहान १० बजेदेखि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिने विज्ञप्तिमा उल्लेख छ। म्याद थप नगरिएपछि आन्दोलित करार सेवाअन्तर्गतका कर्मचारीहरू पछिल्लो चार दिनदेखि नगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षअगाडि शान्तिपूर्ण धर्ना दिइरहेका छन्। 

आफूहरू बिनाकारण निकालिएको भन्दै गोलबजार नगरपालिका करार कर्मचारी संघर्ष समितिले करार कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्याउन मागसहित १ साउनमा प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाएका थिए।