मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ४ बुधबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपालले कार्यकर्तालाई भने– गठबन्धनमा मात्रै भर नपर्नूस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ४ बुधबार १४:५६:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरूको शक्तिमा भर पर्दा कमजोर भइने भन्दै गठबन्धनमा मात्र आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै नेपालले यस्तो निर्देशन दिएका हुन् । ‘अरूको शक्तिमा मात्र भरपर्दा कमजोर भइन्छ । हामीले आफ्नै शक्तिमा पर गर्नुपर्दछ,’ उनले भने, ‘त्यसै पनि गठबन्धनको धेरै भरोसा छैन । स्थानीय तह निर्वाचनको परिणामले पनि देखाएको छ, हामीले हाम्रै शक्तिमा अघि बढ्नुपर्दछ ।’

अध्यक्ष नेपालले आफ्नो शक्ति बढाउन नसक्ने र आधार बनाउन नसक्नेहरू मात्रै अरूको भरमा पर्ने भन्दै नेकपा समाजवादी आफ्नै शक्तिमा अघि बढ्न सक्ने शक्ति भएको दाबी गरे । साथै उनले अरूका भरमा पर्न थालियो भने सधैँ अरूकै सारथि चाहिने अवस्था आउने पनि बताए ।