मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३० बिहीबार १८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ : अर्जुननरसिंह केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३० बिहीबार १८:४२:००

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाएका छन् । बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् । उनले नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताए । 

पदाधिकारीहरू बोलाएर गुटको भेला गरेको प्रश्नमा नेता केसीले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि बाहिर होटेलमा जान बाध्य भएको बताए । ‘ देशमा अहिले भ्रष्टाचारको महामारी फैलिएको छ । अन्तर्राष्ट्रिय द्वन्द्वको पासोमा देश गएको छ । बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । पहिला त रामचन्द्रजीलाई थियो । सबैलाई सम्मान गरौँ । पदाधिकारीले गुट भेला गरेको भनियो,’ नेता केसीले भने, ‘पहिला आफू हुँदा के गर्नुभएको थियो ? अहिले पदाधिकारी ल्याएर बैठक बस्यो त के ठूलो कुरा भयो ? सबैलाई समेट्ने काम गर्नुहोस् गुटको भेला हुँदैन ।’

नेपाल हाल भूराजनीतिक द्वन्द्वमा फसिरहेको बताए । नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका विरुद्ध उत्रिएको कांग्रेसले अहिले पुनः सोही कार्य दोहोर्याएको बताउनुभयो । उहाँले देश आर्थिक संकटोन्मख रहेका वेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुपर्यो भन्दै प्रश्नसमेत गरे ।