Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३० बिहीबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबैभन्दा पहिले देउवा र रामचन्द्रलाई कारबाही गर्नुपर्छ : बलबहादुर केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३० बिहीबार १७:२४:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई कारबाही गर्नुभन्दा पहिले पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गुर्नपर्ने बताएका छन्।

निर्वाचनमा असहयोग गरेकालाई कारबाही गर्नुपर्ने पार्टीभित्र उठेको बताउँदै उनले भने, ‘गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ। किनभने उहाँहरूले नै हामीलाई अन्त भोट हाल्न सिकाएको हो ।’

उनले कांग्रेस गठबन्धनको विषयलाई लिएर विभाजित हुन नहुने बताए । यसबारे सभापति देउवाले पार्टीलाई मिलाएर एक बनाएर लैजानुपर्ने उनको धारणा छ। ‘गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित नहौँ। कांग्रेस एक हुनुपर्छ। पार्टी मिलाएर जानुपर्छ, सभापतिजीले पार्टी मिलाएर लैजानुस्,’ उनले भने ।