१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३० बिहीबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविको प्रश्नपत्र ‘आउट’ गर्नेलाई तत्काल कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३० बिहीबार १६:३२:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै प्रश्नपत्र बाहिर ल्याउने काममा संलग्न सबैलाई तत्काल कारबाही गरिने उनले बताए । 

‘अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ । को–को संलग्न छन् ? कानुनअनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन,’ उनले भने, ‘बाहिर प्रश्नपत्र प्रमाणपत्र बनाएको भेटिएमा तत्काल कारबाही अगाडि बढाएका पनि छौँ । त्यो गम्भीर अपराध हो । अहिले तत्काल कारबाही गरौँ ।’

मन्त्री पौडेलले अब त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताए ।