१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३० बिहीबार १२:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परमादेशी सरकार बहिर्गमन हुनुपर्छ, यही अवस्था रहे देश असफल हुन्छ : सांसद श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३० बिहीबार १२:५१:००

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको विशेष समयमा सांसद श्रेष्ठले वर्तमान गठबन्धन सरकार जति धेरै बस्यो त्यति धेरै समस्या जनताले भोग्नुपर्ने जिकिर गर्दै यस्तो बताएका हुन्।

‘यो परमादेशी सरकारबाट धेरै कुराको आशा गर्न सकिँदैन। यसको एउटै मात्रै विकल्प भनेको गठबन्धन सरकारको बहिर्गमन हो। जति दिन गठबन्धन सरकार नेपालमा रहन्छ। त्यति नै समस्या, त्यति नै राज्य र जनताले ठुल्ठूला समस्या व्यहोर्नुपर्नेछ,’ उनले भने।

मुलुकको आर्थिक परिसूचकले नै वर्तमान गठबन्धन सरकार कुन बाटोमा हिँडेको भन्ने थाहा पाउन सकिने सांसद श्रेष्ठको तर्क छ। पछिल्लो एक वर्षमा अर्थतन्त्र, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धिजस्ता सूचक नकारात्मक रहेको भन्दै उनले यही गतिमा मुलुक अगाडि बढे असफल राष्ट्र बन्नसक्ने बताए।

श्रेष्ठले भने, ‘हरेक आर्थिक सूचकले नेपाल पनि श्रीलंकाको जस्तो अवस्थामा उन्मुख भएको छ। यो अवधिमा अघिल्लो सरकार हुँदा मूल्यवृद्धि ३.६ प्रतिशत रहेको थियो। अहिले त्यो मूल्यवृद्धि ८.६ प्रतिशत भएको छ। व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यही अवस्थामा मुलुक अगाडि बढ्दा असफल राष्ट्र बन्न सक्छ।’