मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत ६ बुधबार ०९:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय जनता पार्टीको संयोजकमा भण्डारी

Read Time : < 1 मिनेट
२०७५ चैत ६ बुधबार ०९:४६:००

राष्ट्रिय जनता पार्टीकाको अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् । मधेस केन्द्रित ६ दलबीच एकता हुँदा दुई /दुई महिनाको रोटेशनमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुरुप बुधबार भण्डारी संयोजकमा चयन भएका हुन् । फागुन २९/३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्ष मण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । 

आजसम्म महेन्द्र राय संयोजक थिए भने यसभन्दा अघि महन्त ठाकुर र राजेन्द्र महतो संयोजक बनिसकेका छन् ।  राजपा २०७४ साल बैशाख ७गते मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय स्तरको तेस्रो दल हो । राजपाको प्रतिनिधि सभामा १७ सांसद थिए । सर्वाेच्चको फैसलापछि सांसद रेशम चौधरी निलम्बनमा परेपछि अहिले १६ सांसद र राष्ट्रिय सभामा २ सांसद छन् ।