मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३० बिहीबार ०८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वेस्टर्न विकास बैंक अनियमितता प्रकरण : प्रबन्धक बुढाथोकीलाई साढे २१ करोड जरिवाना, सात वर्ष कैद

Read Time : < 1 मिनेट
२०७९ असार ३० बिहीबार ०८:०७:००

उच्च अदालत तुलसीपुरले तत्कालीन वेस्टर्न विकास बैंक नारायणपुर शाखाको १८ करोड रुपैयाँ हिनामिना गरेको ठहर गर्दै शाखा प्रबन्धक समीर बुढाथोकीलाई २१ करोड ५३ लाख जरिवाना तथा सात वर्ष कैद फैसला सुनाएको छ । शाखा प्रबन्धक बुढाथोकीलाई तीन वर्षभन्दा बढी कैद सजाय हुने भएपछि मंगलबार पूर्ण सुनुवाइ भएको हो । 

अदालतका रजिस्ट्रार यामबहादुर बुढामगरका अनुसार यसअघि ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले अन्तिम फैसला सुनाइसकेको छ । मुख्य आरोपी बुढाथोकीले ३६ वटा नक्कली कर्जा खाता र ऋणी बनाएर अन्य ३३ जनाको खातामा रकमान्तर गरेको अदालतको ठहर छ ।

उनले साबिक वेस्टर्न डेभलपमेन्ट बैंकमा ०७४ फागुनदेखि ०७६ जेठसम्म विभिन्न ३६ वटा नक्कली कर्जा खाता खोली १७ करोड ९९ लाख ९० हजारबराबरको कर्जा सिर्जना गरेका थिए । सोही रकम उनले वसन्तबहादुर बस्नेतसहित ४५ जनाको खातामा पठाएका थिए । उनीहरूले उक्त रकम झिकेर प्रयोग गरेको फैसलामा उल्लेख छ । 

अदालतका मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकका शाखा प्रबन्धकसहित अन्य ३३ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो ।