मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १३:०१:००
Read Time : > 1 मिनेट
विश्व

भारतको विधानसभा  निर्वाचनमा भाजपालाई धक्का

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १३:०१:००

भारतमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का लागेको छ । पाँच राज्यको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपालाई राहुल गान्धी नेतृत्वको कंग्रेस आईले चुनौती दिएको हो । विपक्षी कंग्रेस पार्टीले छत्तीसगढ र राजस्थान राज्यमा सरकार बनाउने पक्का भएको छ भने मध्यप्रदेशमा कंग्रेस र भाजपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

मध्यप्रदेशमा भाजपाले कंग्रेसलाई पछ्याइरहेको छ । यस राज्यमा कसले सरकार बनाउँछ भन्नेबारे प्रस्ट भइसकेको छैन । यसअघि कमजोर साबित भएको कंग्रेसको पुनरागमनले पार्टी पंक्तिलाई उत्साहित बनाएको छ । निर्वाचनका क्रममा प्रधानमन्त्री मोदीले यी तीनै राज्यमा आक्रामक प्रचार गरेका थिए । 

दुई सय ३० सिट भएको राजस्थान विधानसभाको पछिल्लो मत परिणाममा कंग्रेस र भाजपाबीच कडा टक्कर देखिन्छ । कंग्रेसको एक सय १२ र भाजपाको एक सय ९ सिटमा अग्रता छ । सन् २०१३ को चुनावमा कंग्रेस जम्मा ५८ सिटमा विजयी भएको थियो । एक सय ६५ सिट जितेको भाजपाले सरकार गठन गरेको थियो । 

दुई सय सिट भएको राजस्थानमा कंग्रेसले एक सय चार र भाजपाले ७४ स्थानमा अग्रता कायम गरेको छ । २०१३ को विधानसभा निर्वाचनमा कंग्रेस २१ सिटमा खुम्चिएको थियो । भारतीय जनता पार्टीले एक सय ६३ सिट जितेर सरकार गठन गरेको थियो ।

नक्सालबादीको प्रभाव रहेको छत्तीसगढमा कंग्रेसले राम्रो सिट ल्याउने प्रारम्भिक मत परिणामले देखाएको छ । विधानसभाको ९० सिटमध्ये कंग्रेस ६६ र भाजपा १६ सिटमा अगाडि छ । छत्तीसगढमा सन् २०१३ मा भाजपाले ४९ सिट जितेको थियो भने कंंग्रेस ३९ सिटमा खुम्चिएको थियो ।

तेलंगना र मिजोरमा क्षेत्रीय पार्टीले अग्रता लिएका छन् । तेलंगनामा सत्तारुढ गठबन्धन पार्टी टिआरएसको भारी अग्रता छ । २००१ मा गठन भएको क्षेत्रीय पार्टी टिआरएसले ८७ सिटमा अग्रता लिएको छ भने कंग्रेस २१ र भाजपा मात्र एक सिटमा अगाडि छ । २०१४ को चुनावमा टिआरएसले बहुमत ल्याएको थियो ।

मिजोरमा भने कंग्रेसले सरकार गुमाउने देखिएको छ । विधानसभामको ४० सिटमध्ये एमएनएफले २६ सिटमा अग्रता लिएको छ । त्यहाँ कंग्रेसले ५ स्थानमा अग्रता लिएको छ । सन् २०१३ को चुनावमा कंग्रेसले ३४ सिट जितेर सरकार गठन गरेको थियो । भारतमा सन् २०१९ मा आमनिर्वाचन हुँदै छ ।