१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २९ बुधबार १४:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौद्रिक नीतिले व्यावसायिक घरानाको कब्जाबाट अर्थतन्त्रलाई बाहिर ल्याउने आँट गर्नुपर्छ : महामन्त्री थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २९ बुधबार १४:२६:००

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचनजस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यावसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताए । 

‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव चुलिँदो व्यापारघाटा र घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ महामन्त्री थापाले भने, ‘परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टमा ल्याउने कुरा र केही व्यावसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्छ ।’

सांसद थापाले सेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४\१२ को नीति ल्याइए पनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको बताए । सांसद थापाले राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि अब त्यो नीति खारेज गर्नुपर्ने र खारेज नभए लाखौँ सेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा पुग्ने बताए ।