मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २९ बुधबार ०६:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकमा मेसिनबाटै रकम जम्मा गर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २९ बुधबार ०६:१६:००

एनआइसी एसिया बैंकले सोझै मेसिनबाट रकम जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु गरेको छ । बैंकले यस नवीन सेवामार्फत ग्राहकले सहज रूपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने सेवा सुरु गरेको हो । यो सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारामविना ग्राहकले केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरका आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।

यस मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ । एकजना ग्राहकले एक दिनमा अधिकतम ९९ हजार पाँच सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले उल्लेख गरेको छ । यसमा नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम राख्ने बक्स खुल्ने जनाइएको छ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रूपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत ग्राहकले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ । 

यो सेवा हालका लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको बैंकले जनाएको छ । यो सेवाले भौतिक फाराम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ । साथै, यस क्यास रिसाइक्लर मेसिनबाट ग्राहकले दैनिक रूपमा एटिएम मेसिनबाट झैँ सरल रूपमा नगद झिक्नसमेत सक्ने जनाइएको छ । हाल बैंकले देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।