मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २९ बुधबार ०६:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशमा विदेशी मुद्रा भित्र्याउन ग्लोबल आइएमईको लन्डनमा अन्तक्र्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २९ बुधबार ०६:०९:००

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी’ विषयमा बेलायतको लन्डनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । बैंकको लन्डनमा रहेको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल, युकेको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयको जानकारी दिँदै कार्यक्रम आयोजना गरिएको हो ।

 कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए । उनले भने, ‘यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ ।’ अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकताअनुरूप आफ्ना व्यावसायिक गतिविधि अगाडि बढाउँदै आएको बताए । 

विगत २२ वर्षदेखि आइएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । ढकालले भने, ‘हामीले रेमिट्यान्स सेवा सुरु गर्दा देशमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैँमा रेमिटको पर्यायवाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकले पनि पैसा पठाउनुप¥यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ ।’ अहिले देशमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भिœयाउनुपर्ने भएकाले आफूहरू देशको आवश्यकता पूरा गर्न सक्रिय रहेको उनको भनाइ थियो । उनले देशको अर्थतन्त्रमा देखिएको संकट टार्न र थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताए । यसका लागि त्यहाँ रहेका नेपालीलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिन आग्रह गरेका थिए ।  

गैरआवासीय नेपाली संघसँग सहकार्य सुरु भइसकेको बताउँदै उनले गैरआवासीय नेपालीले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लमजुङ जिल्लामा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर टेस्टिङको चरणमा रहेको जानकारी दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे व्याख्या गरेका थिए । कार्यक्रममा सिर्जनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरू, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरू तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि नेप्लिज एकाउन्टेन्ट्स एसोसिएसन, युकेसँगको अन्तक्र्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गर्न एसोसिएसनलाई आग्रह गरेका थिए ।