मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २८ मंगलबार ०७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लापरबाहीले त्रिविको परीक्षा सधैँ विवादित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २८ मंगलबार ०७:२३:००

निजी कलेजमा सोधेका प्रश्न त्रिविको व्यवस्थापन संकायको बोर्ड परीक्षामा 

निजी कलेजमा सोधिएका प्रश्न त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको बोर्ड परीक्षामा पनि हुबहु राखेको भेटिएको छ । २२ असारमा सञ्चालन भएको बिबिए छैटौँ सेमेस्टरको अर्गनाइजेसनल बिहेवियर विषयको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डमा सोधिएको प्रश्नको हुबहु भएको हो । 

त्रिवि केन्द्रीय विभागमा पढाउने शिक्षकले मोडर्न नेपालमा पनि पढाउने गरेको र उही प्रश्न डिन कार्यालयमा बुझाएको पाइएको छ । शंकरदेव क्याम्पसमा प्रि–बोर्डमा सोधिएको नेपलिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्र पनि २५ असारमा सञ्चालित भएको बोर्ड परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । 

त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराम शर्माले शिक्षकहरूले डिन कार्यालयमा बुझाएको प्रश्नपत्र कलेजको प्रि–बोर्ड परीक्षामा सोधेको पाइएको बताए । शिक्षकको लापरबाही देखिएको र डिन कार्यालयबाट कारबाहीको निर्णय भएको उनको भनाइ छ । ‘परीक्षाको मर्यादा कायम गर्न नसक्ने र लापरबाही गर्ने शिक्षकलाई परीक्षाका गतिविधिमा संलग्न नगराउने निर्णय भएको छ,’ डिन शर्माले भने, ‘थप कारबाहीका लागि हामीले त्रिवि कार्यकारी परिषद्मा पठाएका छौँ ।’ तर, प्रश्नपत्रमा लापरबाही गरेको भन्दै डिन कार्यालयको आलोचना भएको छ ।

यसअघि मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातकोत्तर तहमा अर्थशास्त्र विषयको प्रश्नपत्र केन्द्रीय विभागमा सोधिएको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । सो विषयमा छानबिन भए पनि दोषीलाई कारबाही भएन ।