मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्ष अघिको हत्या घटनाका फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार १८:०६:००

१२ वर्ष अघि कर्तब्य ज्यान गरी फरार प्रतिवादी कस्की पोखरा मनपा–४ का १० ३६ वर्षीय कृष्ण मिजारलाई प्रहरीले पक्राउ गरेको छ। उनसहितको समूहले  १९ कात्तिक ०६४ मा गोंगबूमा रबिन्द्रकुमार मल्लको हत्या गरेका थिए।  

सोही मुद्दामा उच्च अदालत पाटनले उनलाई  १८ असोज ०६७ मा १० वर्ष कैद सजाय सुनुवाई गरेको थियो। घटना लगतै फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले शनिबार पोखरा फलेवासबाट पक्राउ गरेको थियो।  

प्रहरीका अनुसार उनले मल्लाई  गोंगवु मित्रनगरस्थित सडकमा बाँसको भाटा, लात्ती, मुक्काले प्रहरी गरी सख्त घाइते बनाएका थिए। उनको उपचारका क्रममा  मृत्यु भएको थियो।