मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २७ सोमबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनले पार्टीको संगठन कमजोर भयो : कांग्रेस गण्डकी सभापति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २७ सोमबार १६:४३:००

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पाँचदलीय गठबन्धन हतारमा गरिएको बताएका छन् । साेमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति  शर्माले गठबन्धन हतारमा गरिएको र त्यसको कार्यान्वयन गर्ने संयन्त्रले जिम्मेवारी वहन गर्न नसक्दा पार्टीको संगठन कमजोर भएको बताए ।  

‘गठबन्धन हतारमा गरियो, कार्यान्वयन गर्ने संयन्त्र जिम्मेवार भएन । संगठन कमजोर भयो ,गठबन्धनका कारण,’ उनले भने, ‘केही जिल्लाबाट सहयोग भयो, राम्रो भयो, तर केहीमा राम्रो भएन ।’ 

सभापति शर्माले नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर जाँदा पनि एमालेले जितेका ठाउँ मागेकाले जनअनुमोदित हुन नसकेको बताए । उनले माओवादीले साथ खोजेको, तर विश्वास नगरेर अन्य पार्टीसँग मिलेको उल्लेख गर्दै उनले भने, ‘गठबन्धनका कारण हामी कमजोर बन्दै पहिलो पार्टी त बन्यौँ । आउँदो चुनावमा पनि गठबन्धन गर्ने भए यी कुरामा ध्यान दिनुपर्छ ।’