मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ असार २७ सोमबार ०८:१६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इन्डोर हक्कीको उपाधि सेनालाई

Read Time : < 1 मिनेट
२०७९ असार २७ सोमबार ०८:१६:००

पहिलो संस्करणको राष्ट्रिय इन्डोर हक्की प्रतियोगिताअन्तर्गत महिला पुरुष दुवैै विधाको उपाधि नेपाली सेनाले हात पारेको छ । पोखरा रंगशालास्थित बहुउदेश्य कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टोलीलाई २—० गोलले पराजित गर्दै सेनाको टोलीले उपाधि हात पारेको हो । सेनाको जितमा राजेन्द्र कार्की र प्रदीप राजवंशीले समान एक–एक गोल गरे ।

मधेस  प्रदेशको टोलीलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रदेश १ ले तेस्रो स्थान हात पार्‍यो । महिलातर्फको फाइनल खेलमा १५–१५ मिनेटको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको खेलमा सेनाको टोलीले सुदूरपश्चिम प्रदेशको टोलीलाई ३—२ गोलअन्तरले पराजित गरेको थियो । घरेलु टोली गण्डकी तेस्रो हुने क्रममा मधेस प्रदेशलाई ४—० गोलले पाखा लगाएको थियो । 

 प्रतियोगितास्थलमा आगलागी
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिता सकिन करिब १३ मिनेट बाँकी रहँदा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ढेड घन्टा खेल अवरुद्ध भएको थियो । हलको उत्तरपूर्वको भागमा आगलागी भएको थियो । 

आगलागी भएको सुरुमै थाहा पाउँदा कुनै क्षति भने भएन । सुरक्षाकर्मी र खेलाडीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएका थिए । आगलागीलाई नियन्त्रणमा लिए पनि रंगशालामा इलेक्ट्रिसियन कर्मचारी नहुँदा समस्या भएको थियो ।