१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २६ आइतबार २०:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अनिमा र अमनलाई मिस एन्ड मिस्टर विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२२ को उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २६ आइतबार २०:२९:००

भर्खरै सम्पन्न मिस एन्ड मिस्टर विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२२ को उपाधि अनिमा घतानी तथा अमन गदालले जितेका छन्। शनिबार ललिपुरस्थित म्युजिक सिटीमा आयोजना भएको मिस एन्ड मिस्टर विश्वकर्मा २०२२ प्रतियोगितमा अनिमा र अमन उपाधि विजेता बन्न सफल भएका हुन्। 

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले उनीहरूलाई ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरे। त्यस्तै, प्रतियोगितामा महिलातर्फ फस्ट रनरअपको उपाधि ईशा सिल्वाललाई प्रदान गरियो भने सेकेन्ड रनरअपको उपाधि मनीषा विश्वकर्मालाई प्रदान गरिएको थियो। 

प्रतियोगितमा पुरुषतर्फ फस्ट रनरअप कृष कालिराजले हात पारे भने सेकेन्ड रनरअफको उपाधि मनीष दर्नाललाई प्रदान गरियो। ‘बि ब्रोस् इन्टरटेडमेन्भ’ले यस वर्ष मिस एन्ड मिस्टर विश्वकर्माको प्रतियोगिता एकैसाथ आयोजना गरेको हो। प्रतियोगिताको निर्णायकमा अक्षयजंग रायमाझी (मिस्टर नेपाल २०१७), मोडल प्रियरानी लामा, अभिनेता नरेन खड्का, सिनियर कोरियाग्राफर महेश केसी र फेसन डिजाइनर रोबिन परियार थिए।