मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २५ शनिबार २०:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च अदालत बारको मतदान सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २५ शनिबार २०:०३:००

उच्च अदालत बार एसाेसिएसन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । 

नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य संख्या दुई हजार ८ सय २८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये प्रजातान्त्रिक समूहको नेतृत्व रामकृष्ण शर्माले गरेका छन्  भने प्रगतिशील समूहकाे शान्तिराम खतिवडाले गरेका छन् ।  प्रगतिशील समूहमा नेकपा (एमाले) र एकीकृत समाजवादी निकट कानुन व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा रहेका छन् ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । त्यसका लागि पदाधिकारी १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । शनिबार बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको थियो भने बेलुका ५ः१५ सम्पन्न भएको छ । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएको हो ।